

संसद विघटन भएपछि नेपाली सेनाको पिएसओ बैठक बस्यो, सुरक्षा अवस्थाबारे चर्चा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै १७ र २७ वैशाखका लागि चुनावको मिति तोकेपछि विरोध र प्रदर्शन सुरु भएका छन्।
यहि अवस्थालाई मध्य नजर गरी नेपाली सेनाको अधिकारीहरूको पिएसओ बैठक बसेको छ। सदन भंग भएपछि उत्पन्न हुने सुरक्षा परिस्थितिका विषयमा बैठकमा छलफल भएको छ।
प्रधानसेनापति पूर्णचन्द्र थापासहितका जर्नेलहरूको बैठकले अवस्थालाई असामान्य हुन नदिनका लागि परामर्श गरेको छ। नेपाली सेनाले भने यो नियमित र सामान्य बैठक भएको दाबी गरेको छ।

