ओमिक्रोनका लागि खोप परीक्षण गर्दै फाइजर र बायोएनटेक


काठमाडौँ – फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा आफ्नो ओमिक्रोन(विशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया थाहा पाउन क्लिनिकल परीक्षण सुरु गरेका छन्।

फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले पत्रकार सम्मेलनमा भने, ‘खोप तथा औषधिहरूको विकास र अनुसन्धान गर्ने विशाल यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको छ।’

कम्पनीको खोप अनुसन्धान प्रमुख क्याथ्रिन जानसेनका अनुसार हालको तथ्याङ्कले कोभिडको यसअघिका भाइरसका लागि तयार पारिएको बुस्टर मात्राले पनि ओमिक्रोनबाट आउनसक्ने गम्भीर खतरालाई टार्ने अनुसन्धानबाट पुष्टि भइसकेको छ । यद्यपि यसबाट आउनसक्ने दीर्घकालीन असरबारे अध्ययन भइरहेका छन्।

‘समय बित्दै जाँदा यो सुरक्षा घट्दै गएको अवस्थामा र भविष्यमा ओमिक्रोन र नयाँ विविधताहरू समाधान गर्न सम्भावित मद्दत गर्न हामी तयार हुनुपर्ने आवश्यकतालाई स्वीकार गर्छौँ’ उनले भने।

जर्मनी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी अधिकृत उगुर साहिनका अनुसार हल्का र मध्यम कोभिडविरुद्ध लड्न बनाइएको पूरानो खोपको सुरक्षाले ओमिक्रोनविरुद्ध अपेक्षित रूपमा काम गरेको छैन।

‘यो अध्ययन विज्ञानमा आधारित विभिन्न खोप विकास गर्ने हाम्रो तरिकाको एउटा भाग हो। यसले पहिलेको विविधताविरूद्ध हाम्रो खोपले लामो समयसम्म सुरक्षा दिन्छ,’ उनले भने, ‘यो ओमिक्रोनका लागि पनि उपयोगी छ। यद्यपि यसको प्रतिरोधात्मक क्षमता ओमिक्रोनको विरामीमा अन्यको तुलनामा कम प्रभावकारी पाइएको छ। यसबारे थप अनुसन्धान जारी छ।’

यस विषयमा १८५५ वर्षका एक हजार ४२० व्यक्तिहरूमा तीन समूहमा विभाजन गरी परीक्षण तथा अनुसन्धान जारी छ।

फाइजरका प्रवक्ताले एएफपीलाई बताएअनुसार यसमा ५५ वर्षमाथिका मानिसहरू समावेश गरिएका छैनन्।

अध्ययनको लक्ष्य खोप प्रभावकारिताको अनुमान गर्नुको सट्टा सहभागीहरूको रोग प्रतिरोधात्मक प्रतिक्रिया जाँच्नु हो।

प्रतिक्रिया