
भेरी नदीको खोँचमा ट्रयाक्टर खस्दा दुईजना बेपत्ता
काठमाडौँ – जाजरकोटको छेडागाड नगरपालिका–१३ दमाचौरमा भेरी नदीमा ट्रयाक्टर खसेर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्।
भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्रयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।
प्रहरीका अनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्रयाक्टर खसेको थियो। सोमबार बेलुकी साढे ६ बजेतिर ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
दुर्घटनास्थलमा ट्रयाक्टर भेटिएको छ। ट्रयाक्टर धनीका अनुसार चालक र सहचालक सवार रहेका थिए। चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
