
‘सिटामोल अभाव सरकारको अयोग्यता कि नाफाखोरीको तारतम्य ?’
काठमाडौँ – नेकपा एमाले नेता भीम रावलले राजधानी काठमाडौंमै सिटामोलको अभाव भएकोबारे सरकार संवेदनशील नबनेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले सिटामोल अभाव हुनु सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?भनेर प्रश्न गरेका छन् ।
नेता रावलले लेखेका छन्, ‘जनस्वास्थ्यप्रति ध्यान नदिई अौषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन् । अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ । यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ ?’
कोभिड संक्रमण बढ्दै गएका बेला बजारमा सिटामोलको अभाव भएको विवरणहरू सार्वजनिक भइरहेका छन् ।



कागजपत्र |
