आयशा बनिन् पाकिस्तानको पहिलो महिला प्रधानन्यायाधीश


काठमाडौँ – पाकिस्तानको सर्वोच्च अदालतमा पहिलोपटक महिला प्रधानन्यायाधीश नियुक्त भएकी छिन्। ५५ वर्षीया आयशा मलिकले सोमबार इस्लामाबादमा प्रधानन्यायाधीशको शपथ ग्रहण गरेकी हुन्। आयशाका साथै पाकिस्तानको सर्वोच्च अदालतमा आयशाका साथै १६ पुरुष न्यायाधीश छन्।

अधिवक्ता तथा सामाजिक कार्यकर्ताले पाकिस्तानको पुरुष प्रधान समाजमा महिलाको जित दशकौंको संघर्षपछि मिलेको बताएका हुन्।

पाकिस्तान अहिलेसम्म एक पनि महिला प्रधानन्यायाधीश नभएको एक्लो दक्षिण एसियाली मुलुक थियो। पाकिस्तानको उच्च अदालतमा पनि केवल ४ प्रतिशत मात्र महिला न्यायाधीश छन्।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आयशा मलिकलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका छन्। यद्यपि केहीले भने वरिष्ठ न्यायाधीशलाई बेवास्ता गरेको भन्दै आयशाको नियुक्तिको विरोध गरेका छन्।

प्रतिक्रिया