

राष्ट्रपति ज्यु, संसद विघटन अस्वीकार गर्नुहोस्ः कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सिफारिस गरेको संसद विघटनको प्रस्तावलाई अस्वीकार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग माग गरेको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर संविधानप्रतिको अभिभावकीय कर्तव्य निर्वाह गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गरेका हुन् ।
असंवैधानिक र आवेगपूर्ण सिफारिस अस्वीकार गरेर संविधानप्रतिको आफ्नो अभिभावकीय कर्तव्य निर्वाह गर्न सम्माननीय राष्ट्रपतिलाई अपिल गर्दै नेपाली कांग्रेसले संविधान र लोकतन्त्र रक्षाका लागि एकजुट हुन सबै राजनीतिक दल, संघ संस्था र समस्त लोकतन्त्रवादी नेपाली दिदीबहिनी दाजुभाइमा हार्दिक अपिल गरेको छ।
आफ्नो पार्टीभित्रको द्वन्द्वको परिणाममा मुलुकलाई अस्थिरतातर्फ पुनः धकेल्न खोज्ने प्रवृत्ति निन्दनीय रहेको उल्लेख गर्दै शर्माले भनेका छन्,‘सत्ताको जितहारको द्वन्द्व आफैँमा लज्जास्पद रहेको भनेका छन्।’

