

स्थायी समितिबाट प्रधानमन्त्री ओलीलाई कारबाही तयारी, प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने छलफल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने तयारी थालेको छ।
संसद विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गरेपछि नेकपाभित्रको विवादले राष्ट्रिय राजनीति तताएको छ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताले उक्त सिफारिसको प्रतिवाद गरेका छन्।
सँगै बालुवाटारमा हुने स्थायी समितिको बैठकबाट अनुशासनको कारबाही गर्दै प्रधानमन्त्री पदबाट फिर्ता बोलाउने समेत निर्णयको तयारी भएको छ। ओली नेकपाका संसदीय दलका नेता हुन्। संसदीय दलबाट समेत उनलाई कारबाहीको तयारी भएको छ।

