देउवालाई हिजो ज्ञानेन्द्रले उचाल्थे, आज प्रचण्ड उचालिरहेका छन् : शंकर पोखरेल


काठमाडौँ – एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले उचालेको र आजका दिनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उचालेको टिप्पणी गरेका छन् । उनले हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भएको पनि टिप्पणी गरेका छन् ।

अहिले देउवा फेरि चुनावबाट भाग्न खोजेको उनको भनाइ छ । सत्ता गठबन्धनले बैशाखमा गर्नुपर्ने स्थानीय तहको चुनाव सार्नेबारे छलफल थालेपछि उनले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् । ‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र,आज प्रचण्ड,’ उनले भनेका छन् ।

प्रतिक्रिया