सामान्य विवादमा युवकमाथि कैँची प्रहार, साथी पक्राउ


काठमाडौं – काठमाडौंको सिनामंगलमा सामान्य विवाद हुँदा आफ्नै साथीले एक जना युवकलाई कैँचीले घोपेर घाइते बनाएका छन् । कैँची प्रहारबाट सिन्धुपाल्चोकको चौतारा नगरपालिका–९ घर भई सिनामंगल बस्दै आएका २२ वर्षीय केशव तिमल्सिना गम्भीर घाइते भएका छन् ।

आइतबार दिउँसो काठमाडौं मेडिकल कलेज नजिकै सँगै खानपिनपछि मोरङ घर भएका ३३ वर्षीय विनोद आचार्यले कैँची प्रहार गरेका थिए । आचार्यलाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

कैँची प्रहारबाट तिमल्सिनाको पेटबाट आन्द्रा निस्किएको थियो । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । कैँची प्रहार गर्ने आचार्य फलाम वेल्डिङको काम गर्छन् । घाइते तिमल्सिना कवाडी सङ्कलनको काम गर्थे ।

प्रतिक्रिया