जडीबुटी टिप्न जाँदा भीरबाट लडेर जुम्लामा किशोरीको मृत्यु


जुम्ला – जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ । जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो । उनको आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार आईसीयूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो । भीरबाट लडेर बेहोस अवस्थामा उनलाई शुक्रबार राति प्रतिष्ठानमा पुर्‍याइएको थियो । उनले होस नआएर मृत्यु भएको हो ।

मृतकका आफन्त धनसिंह रावतका अनुसार शुक्रबार वनमा जडीबुटी कोर्न गएको समयमा भीरबाट लडेर घाइते भएको बताए । मृतक किशोरी चन्दननाथ नमुना माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन थिइन् । यता अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम संस्कार गरेको बताएको छ ।

प्रतिक्रिया