ओलीलाई भेट्न नपाएका प्रचण्डले बाटैबाट भने– गणतन्त्रमाथि ‘कू’ भयो


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको प्रस्ताव गणतन्त्रमाथि कू भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन्।

हतासमा बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका उनले समय नपाएपछि फर्किने क्रममा बाटोमै यस्तो प्रतिक्रिया दिएका हुन्। उनले नेकपा सचिवालयका अन्य बरिष्ठ नेताहरूसँग पनि छलफलको तयारी गरेका छन्।

बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखी प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई संसद विघटनको सिफारिसको निर्णय गराएका थिए। उक्त निर्णय बोकेर प्रधानमन्त्री ओली शितलनिवास पुगेका छन्।

यता, नेकपा नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले संविधानमाथि र लोकतन्त्रमाथि नै प्रहार भएको प्रतिक्रिया दिएका छन्। लोकतन्त्रविरोधी कित्तालाई सहयोग पुग्नेगरी विघटनको प्रस्ताव आएको उनीहरुको भनाई छ।

प्रतिक्रिया