

ब्रेकिङः प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् ।
आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।
यसअघि शनिबार प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापासँगको भेटपछि राष्ट्रपति विद्या देवी भण्डारीसँग पनि भेट गरेका थिए ।
राष्ट्रपतिसँग हिजो साँझ करिब १ घन्टा भेटेका प्रधानमन्त्रीले आजका लागि आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको थियो ।

