नेकपा अध्यक्षद्वयको भेटघाट जारी, आज दाहाल भेट्न ओली खुमलटार जाँदै


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार जाने भएका छन् ।

नेकपामा विवाद चर्किइरहेको अवस्थामा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एकआपसमा भेटघाट गर्ने क्रम चलिरहेको छ ।

यसैक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्नका लागि १० बजे दाहाल निवास खुमलटार जानेछन्। पार्टीमा जारी गतिरोधबीच ओली दाहाल निवास जान लागेका हुन्।

हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो। बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई ुम मात्रै आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नीु भनेपछि ओली खुमलटार जान लागेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ।

प्रतिक्रिया