गुल्मीमा अटो दुर्घटना, १ को मृत्यु, चार घाइते


गुल्मी – गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य चार जना गम्भीर घाइते भएका छन् ।

रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौर भन्ने स्थानमा लु १ ह २७४३ नम्बर को अटो दुर्घटनामा रेसुङ्गा नगरपालिका–१२ का अटो चालक तेजबहादुर रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

अटोमा सवार अन्य चार जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको गुल्मी अस्पताल र २ जनाको पाल्पामा उपचार भइरहेको छ ।

प्रतिक्रिया