
घट्यो पीसीआर शुल्क
सरकारी अस्पतालमा ८ सय र निजीमा १५ सय बढी लिन नपाइने
काठमाडौं – स्वास्थ्य मन्त्रालयले पीसीआर शुल्कमा कटौती गरेको छ ।
सरकारी अस्पतालमा अहिले लाग्दै आएको १००० शुल्कमा २ सय घटाई ८ सय कायम गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले जनाएका छन् ।
त्यस्तै निजी अस्पतालहरुमा हाल अधिकतम २ हजारसम्म लिन सकिनेमा पाँच सय घटाई अब अधिकतम १ हजार ५ सय सम्म मात्र लिनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले कोरोनासम्बन्धी सामान्य लक्षण देखिए तुरुन्त स्वास्थ्य मापदण्ड पूरा गर्नुका साथै लक्षित समूहले खोप लगाउनका लागि अनुरोध समेत गरेको छ ।



कागजपत्र |
