महोत्तरीबाट स्रोत नखुलेको ३० लाख रकमसहित एक जना पक्राउ


काठमाडौं – महोत्तरीको मटिहानी नगरपालिका(८ बाट स्रोत नखुलेको ३० लाख नगद रुपैयाँसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही मटिहानी(३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राइन रहेको प्रहरीले जानकारी दिएको छ।

आइतबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकल प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकमसहित उनलाई पक्राउ गरिएको मटिहानी प्रहरी चौकीले जनाएको छ।

उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनलाई रकमसहित नियन्त्रणमा लिइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया