उच्च अंकले बढ्यो नेप्से, साढे ९ अर्बको कारोबार


काठमाडौं – आइतबार (आज) ६९ अंकले बढेको शेयर कारोबार मापक नेप्से २९०० माथि पुगेको छ।

पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आज कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो ।

आइतबार २८ सय ७३.४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो ।

यद्यपि, नेप्सेले नयाँ रेकर्ड भने भेट्टाउन सकेको छैन । ३२ सय अंकमा पुगेर घट्ने क्रममा लागेको शेयर बजार पछिल्लो केही सातादेखि भने बढ्ने क्रममा छ ।

प्रतिक्रिया