
कांग्रेस नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण
काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतलाई कोरोना संक्रमण भएको छ। कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेको उनले बताएका छन्।
शनिबार परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको महतले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। महतले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न आग्रह गरेका छन्।
फेसबुकमा लेखेका छन्, ‘पिसिआर परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएकोले म घरमा आइसोलेसनमा रहेको जानकारी गराउँदछु। मेरो निकट सम्पर्कमा रहनुभएका साथीहरूलाई स्वास्थ्य परीक्षण गर्नुहुन अनुरोध गर्दछु।’
पछिल्लो समय विभिन्न राजनीतिक गतिविधि, नेताका भेटघाट र जमघटले गर्दा नेताहरू धमाधम संक्रमित भइरहेका छन्।



कागजपत्र |
