मिलमा सल बेरिएर महिलाको मृत्यु


अछाम – चौरपाटी गाउँपालिका-४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ ।

साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।

धान कुट्ने क्रममा सल बेरिएकाे हो । मृतक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

प्रतिक्रिया