

सम्पत्ति शुद्धीकरण विभागले थाल्यो इच्छाराजको सम्पत्ति मूल्यांकन

म्याग्दी – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङ संलग्न रहेको हाउजिङ कम्पनीका नाममा रहेको सम्पत्तिको मूल्याङ्कन थालेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारीमा रहेको विभागले त्यसअघि उनको संलग्नता रहेको रियल इस्टेट्स कम्पनीअन्तर्गतका घरहरूको मूल्याङ्कन थालेको हो । सोही क्रममा विभागले गत साता तामाङसँग बयान पनि लिइसकेको छ ।
तामाङलाई मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र, बीमा वा सहकारीसँग सम्बन्धित कसुरमा मुद्दा दर्ता गर्ने तयारी विमागले गरेको छ । अनुसन्धानमा तामाङले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर प्रष्ट रुपमै खुलेकाले मुद्दा दर्ताको तयारी भएको विभागले बताएको छ ।
विभागले दुई वर्षअघिदेखि ९२०७६ साल० नै तामाङ आवद्ध सिभिल सहकारी र उनी आवद्ध कम्पनीहरूको गतिविधि अनुसन्धान गरिरहेको छ । सोही क्रममा तामाङ, उनकी श्रीमती र छोरीहरूको बैंक खाता र चलअचल सम्पत्तिको कारोबार पनि रोक्का गरिएको छ ।
सिभिल सेभिङ्स एन्ड क्रेडिट को–अपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ गतेमा तामाङलाई पक्राउ गरेको थियो । उनी आवद्ध सहकारीले दुई हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

