प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न : तपाईंलाई जनताले कसरी पत्याउने?


काठमाडाैँ – नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने बताएका छन्। त्यसो नगर्दा उनीहरू सुशासन र कानुनका पक्षमा छन् भनेर पत्याउन नसकिने टिप्पणी पनि गरेका छन्।

‘प्रम र मन्त्रीहरूले नियमानुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने अनिवार्य व्यवस्थाको पालना नगर्नेहरूले सुशासन र कानुनको मर्यादाका लागि काम गर्छौं भन्दा जनताले कसरी पत्याउने’, रावलले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विधि र पद्धतिको पालना गर्नु तथा देश र जनताप्रति जिम्मेवार हुनु सरकारको कर्तव्य हो भन्ने स्वयं प्रस्ट छ।’

प्रतिक्रिया