लिपुलेकमा भारतले गरेको सडक विस्तारप्रति एकीकृत समाजवादीको आपत्ति


काठमाडौँ  – भारतले लिपुलेक क्षेत्रमा एकलौटी ढंगले सडक विस्तार गरेको भन्दै नेकपा (एकीकृत समाजवादी)ले आपत्ति जनाएको छ ।

उक्त पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका झलनाथ खनालले विज्ञप्ति जारी गर्दै भारतले अवैधानिक रूपमा सडक विस्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।

खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो कुरा भारतलाई थाहा हुँदा हुँदै पनि नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया