४० जिल्लामा एमालेको नयाँ नेतृत्व चयन, कुन जिल्लामा को भए अध्यक्ष ? (सूचीसहित)


काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला अधिवेशन अन्तर्गत ४० जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । एमालेले एकसाथ ६४ जिल्लाहरूमा एकैसाथ उद्घाटन गरेको अधिवेशन अन्तर्गत ६४ मध्य ४० जिल्लमा अध्यक्ष चुनिएको हो ।

अन्य जिल्लाहरूमा चुनिने प्रक्रियामा रहेको नेता राजन भट्टराईले बताए । भट्टराईकाअनुसार अधिकांश जिल्लाहरूमा सर्वसम्मत रूपमा नेतृत्व छानिएका छन् । यस्तै एमालेले दुई विशेष जिल्ला समितिका नेतृत्व पनि छानेको छ ।

हेर्नुस् कुन जिल्लामा को भए अध्यक्षहरू ?

१ झापा– दीपक कार्की
२ पाल्पा– धनेन्द्रराज घिमिरे
३ दाङ– हुकुमबहादुर बस्नेत
४ डोल्पा– शेरबहादुर बुढा
५ सल्यान– गोविन्द पुन
६ बर्दिया– लालबहादुर श्रेष्ठ
७ बाँके– किस्मतकुमार कक्षपति
८ धादिङ– भूमि त्रिपाठी
९ अर्घाखाची– पीताम्बर भुसाल
१० मोरङ– ऋषिकेश पोखरेल
११ काभ्रे– अशोक ब्याञ्जु
१२ भक्तपुर– बचन देउजा
१३ गुल्मी– बालसिंह काउछा
१४ अर्घाखाँची – पिताम्बर भुसाल
१५ खोटाङ – रामप्रसाद दंगाल
१६ कपिलवस्तु– डम्मर शर्मा
१७ सप्तरी– ताराकान्त चौधरी
१८ तनहुँ– श्रीप्रसाद श्रेष्ठ
१९ धनकुटा– इन्द्रमणि पराजुली
२० रसुवा– कर्णेल लामा
२१ नवलपरासी ९पश्चिम०– दीपेन्द्र अधिकारी
२२ नुवाकोट– बद्री मैनाली
२३ मकवानपुर– एकलाल श्रेष्ठ
२४ तेह्रथुम – तेजमान कन्दङ्गवा
२५ रूपन्देही – तेजेन्द्र केसी
२६ रामेछाप– आनन्द श्रेष्ठ
२७ डडेलधुरा – प्रकाश साउद
२८ गोरखा– प्रेम गुरुङ
२९ म्याग्दी – देवेन्द्र केसी
३० भोजपुर– शरण राई
३२ बैतडी – सुरेन्द्र पाल
३३जुम्ला – शान्तीलाल महत
३४ काठमाडौं – दीपक निरौला
३५ लमजुङ– कृष्ण अधिकारी
३६ ललितपुर – पुरुषोत्तम आचार्य
३७ बाग्लुङ– हिरा केसी
३८ सिन्धुली – कुमार कार्की
३९ इलाम– महेश बस्नेत
४० विशेष जिल्ला कमिटी
(मजदुर विशेष– जितेन्द्र श्रेष्ठ
(पेशागत विशेष– उमेश ढकाल

प्रतिक्रिया