
चारवटा आरोपमा दोषी ठहर भईन् सुची, थप चार वर्ष जेल सजाय
म्यानमार – म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ ।
यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो ।
उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।
गतमहिना उनलाई कोभिड-१९ को मापदण्ड उल्लंघन गरेको आरोपमा चार वर्ष जेलसजाय सुनाइएको थियो । सैन्य ‘कू’ गरेपछि गत वर्ष फेब्रुअरी १ मा सेनाले ७६ वर्षीया सुचीको घरमा तलासी लिँदा बिना लाइसेन्सको वाकी टकी फेला पारेको थियो ।



कागजपत्र |
