
राप्रपा छोड्दै कमल थापा !
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भएपनि राप्रपा कदापी नफुटाउने दाबी गरेका छन् । यसकाे अर्थ पार्टीमा अपमानित भएर नबस्ने उनकाे संकेत हाे ।
आफू निरंशुक र सक्रिय राजनीतिको पक्षमा नभएको भन्दै उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिक भन्दा माथी बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन् ।
विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र सिनो बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ ।



कागजपत्र |
