निर्मला पन्त मृत्यु प्रकरण : एक भारतीय नागरिक पक्राउ


काठमाडौं – निर्मला पन्त हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि अली थरका एक भारतीय नागरिकलाई पक्राउ गरिएको बताइएको छ ।

निर्मलाको शव भेटिएको क्षेत्रमा पक्राउ परेका व्यत्तिका परिवारले तरकारी खेती गर्दै आएका छन् । प्रहरी अनुसन्धानले घटना भएको बेला अली नेपालमै रहेको पाइएको बताइएको छ । निर्मलाको घटना भएपछि ती व्यक्ति भारत गएको र अहिले नेपाल आएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया