

डब्लुएचओले भन्याे : २०२२ मा कोरोना महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी छौँ

काठमाडाैँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताएका छन् ।
कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओले बताएको छ ।
डब्लुएचओ प्रमुख डा. गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिएका छन् ।
दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर संक्रमितको संख्या २८७ मिलियन पुगेको छ । कोभिड–१९ का कारण ५५ लाख मानिसको ज्यान गएको छ ।

