२०२१ मा नेपालमा कोरोना : झण्डै १० हजार मानिसले ज्यान गुमाए


काठमाडौँ – नेपालमा सन् २०२१ को अन्तिम दिन शुक्रबार सम्ममा ९ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ । वर्षको अन्तिम दिन आज मात्र ४ जनाको मृत्यु भएको छ । सन् २०२० डिसेम्बर ३१ सम्ममा १ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । सोही दिन ९ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी हिजो २०२१ को अन्तिम दिन २ सय ३५ कोभिड( १९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८४ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर विधिबाट २२४ र एन्टीजेन्टबाट ११ जनामा कोभिड पुष्‍टि भएको थियो ।

हिजो शुक्रबार २१२ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् । शुक्रबारमात्र ४ जनाको मृत्यु र हालसम्म ११ हजार ९५४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित ४ हजार ८ सय ७९ र २४ घण्टामा १ लाख ३९ हजार १५२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आइसीयूमा ८९ र भेन्टीलेटरमा २४ जना उपचाररत छन् । होम आइसोलेशनमा ४ हजार ६५१, संस्थागत आइसोलेशनमा २२८ र क्वारेन्टाइनमा १०३ जना छन् ।

प्रतिक्रिया