
लाहुरेसहित चारलाई आठ दिन थुनामा राख्न अदालतको आदेश
कास्की – कास्की जिल्ला अदालतले लागु औषधको मुद्दामा बुधबार पक्राउ परेका चर्चित र्यापर लाहुरेसहित चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अदालतले शुक्रबार लाउरे नामले परिचित आशिष रानासहित चार जनालाई आठ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।
प्रहरीले लाहुरेसमेत चार जनालाई बुधबार बेलुकी पोखराको न्यूरोडबाट पक्राउ गरेको थियो । लाहुरेसँगै पक्राउ पर्नेमा नविन गुरूङ, सुस्मिता गुरूङ र ध्रुवबहादुर थापा छन्।
‘उनीहरूविरूद्ध आठ दिन हिरासतमा राख्न म्याद थप भएको छ,’ प्रहरी उपरीक्षक थापाले भने। उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। न्यूरोडबाट पक्राउ परेका उनीहरुसँग १३.०१ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
रियालिटी शो हिमालयन रोडिजका निर्णायक समेत रहेका र्यापर लाहुरेका केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगायत गीतहरू चर्चित छन्।



कागजपत्र |
