माओवादीका पार्टी सदस्यले सम्पत्ति अद्यावधिक गर्नुपर्ने, नगरे कारवाही


काठमाडौं – नेकपा माओवादी केन्द्रबाट लाभको पदमा बस्ने सवै पार्टी सदस्यहरुको सम्पत्ति विवरण अद्यावधिक गर्नुपर्ने भएको छ ।

सो पार्टीको आठौं महाधिवेशनमा अनुशासन आयोगका तर्फबाट आयोगको प्रतिवेदन पेश गर्दै अध्यक्ष टंक राईले अबदेखि लाभको पदमा बस्ने सबै सदस्यले आफ्नो सम्पत्ति विवरण पार्टीमा अद्यावधिक गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पार्टी सदस्यले पदमा रहँदा र नरहँदा आयोगमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । नगरे कारवाही गरिनेछ ।’

 

प्रतिक्रिया