विदेश जाने व्यक्तिलाई जोनसन खोप दिने व्यवस्था


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जाने व्यक्तिलाई कोभिड–१९ विरुद्धको जोनसन एन्ड जोनसनको खोप दिने व्यवस्था मिलाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै एक डोज मात्रै लगाए हुने जोनसन एन्ड जोनसन खोप विदेश जाने सबैलाई दिने जनाएको हो ।

मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाडौँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाएको हो ।

खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्ने छ ।

प्रतिक्रिया