
पक्राउ परे सहकारीका अध्यक्ष
काठमाडौं – काठमाडौंको मैतीदेवीमा रहेको मानापाथी त्रिपलएम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कँडेल पक्राउ परेका छन्। बैकिङ कसुरको आरोपमा कँडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी वृत्त, सिंहदरबारबाट खटिएको प्रहरी टोलीले कँडेललाई बागबजारबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एंव प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले बताए।
काठमाडौंका ५७ वर्षीय एकजना व्यक्तिले दिएको जाहेरीका आधारमा बाग्लुङ ५२ वर्षीय कँडेललाई बैंकिङ कसुरमा पक्राउ गरिएको एसपी मैनालीले जानकारी दिए।
३१ असार २०७८ मा १५ लाखको बैंकिङ कसुरमा मुद्दा जाहेरी दर्ता भएको थियो। कँडेललाई प्रहरीले ११ पुसमा पक्राउ गरेपनि सार्वजनिक भन गरेको थिएन्। कँडेलविरुद्ध उच्च अदालत पाटनबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै बैंकिङ कसुरमा मुद्दामै जाहेरी परेपछि सहकारीका सचिव टीकाराम गौतम भने फरार छन्। प्रहरीले गौतमको खोजीकार्य गरिरहेको छ।
काठमाडौं उपत्यकासहित देशभरिका अधिकांश सहकारीहरूको लगानी अपारदर्शी भएको गुनासाहरू आउन थालेको छ। केही सहकारीका मुख्य व्यक्तिहरू पक्राउ समेत परेका छन्।
यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका संस्थापक अध्यक्ष इच्छाराज तामाङसहितका व्यक्तिहरू पक्राउ गरेको थियो। तामाङ पुर्पक्षको लागि जेल चलान भइसकेका छन्।



कागजपत्र |
