‘खैरो हेरोइन’ किन्न लागेको अवस्थामा र्‍यापर लाहुरे पक्राउ परेका हुन्ः प्रहरी


काठमाडौं – बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध खैरो हेरोइनसहित चर्चित र्‍यापर लाहुरे भनिने आशिष राना मगर पक्राउ परे। बिहीबार बिहान मात्रै लाहुरे पक्राउ परेको खबर सार्वजनिक भयो।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार लाहुरेलाई लागूऔषध खैरो हेरोइन किन्न लागेको अवस्थामा पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले जानकारी दिए।

‘लाउरेसहित चार जनालाई लागूऔषध खरिदबिक्री गर्न लागेको अवस्थामा न्युरोडबाट पक्राउ गरेका हौँ,’ एसपी थापाले भने, ‘उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ।’

लाहुरे रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन्।

यता गण्डकी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाहुरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए।

डिआईजी लोहनीका अनुसार पक्राउ परेका लाहुरेको साथबाट १४ ग्राम लागू औषध खैरो हेरोइन बरामद भएको छ ।

उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्। लाहुरेको घर पोखरा नै हो।

प्रतिक्रिया