
बीबीसी मास्टर सेफ ‘रिम्याच’ को उपाधि सन्तोष साहलाई
बेलाएत – बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ अन्तर्गतको विधामा सेफ सन्तोष साह विजयी भएका छन् । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।
बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘ ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उनी उपविजेता बनेका थिए । यसअघि पनि निर्णायक मण्डलको मन जित्न सफल सन्तोषले यसपटक मन मात्रै जितेनन् आफूलाई विजयी बनाउन समेत सफल भए । ‘नेपाली खानालाई विश्वमाझ चिनाउने लक्ष्यसहित अघि बढेका सन्तोष यसपटक पाएको सफलताबाट थप उत्साहित बनेका छन् ।
गत वर्ष ३२ जना प्रतियोगी सहभागी रहेको बीबीसी मास्टरसेफ द प्रोफेसनल २०२० को दोस्रो स्थानको उपाधि हासिल गरेका थिए । यो उपाधि हात पार्ने उनी पहिलो नेपाली हुन् ।



कागजपत्र |
