कैलालीमा करिव दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरी मृत अवस्थामा फेला


धनगढी –  कैलालीमा करिव दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरी मृत अवस्थामा फेला परेको छ ।

कैलालीको गौरीगंगा नगरपालिका-३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु चौधरी र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार दबैजना झुन्डिएको अवस्थामा फेला परेको हो ।

सन्जु आफ्नै घरभित्र दोपट्टाले झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् भने मायाराम त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जोशीले जानकारी दिए ।

घटना आइतबार राति भएकाले दुवैको मृत्यु के कारणले भएको भन्ने खुल्न नसकेको प्रहरी नायब उपरीक्षक जोशीले बताए । प्रहरी थप अनुसन्धानकै क्रममा रहेको उनले बताए ।

 

प्रतिक्रिया