

काठमाडौंसँग सिधैँ जोडियो रोल्पाको थवाङ

रोल्पा – रोल्पाको थवाङ सिधैँ काठमाडौंसँग जोडिएको छ ।
थवाङबाट काठमाडौँका लागि पहिलोपटक रात्रिबस सेवा सुरु भएसँगै थवाङ–काठमाडौंसँग जोडिएको हो ।
बस सेवामार्फत थवाङबाट अब १२ घण्टामै काठमाडौं पुग्न सकिने भएको छ । थवाङबाट रुकुमपूर्वको खावाङ, बागलुङको बुर्तिवाङ, पोखरा हुँदै काठमाडौंका लागि रात्रिबस सेवा सुरु भएको छ ।
हाल घोडाघोडी डिलक्स यातायातले सेवा दिइरहेको छ । यसअघि थवाङवासी सदरमुकाम लिवाङसम्म जीपमार्फत करिब आठ घण्टाको दूरी पार गर्दै रात्रिबसमा काठमाडौं जाने गरेका थिए ।
थवाङ–लिवाङ र लिवाङ–काठमाडौंको बराबरी भाडा तिर्न बाध्य उनीलाई थवाङ–काठमाडौँ बस सेवा सुरु भएसँगै राहत मिलेको छ ।

