एमसीसीमा सहमति नखोजे गठबन्धन भत्काउने षड्यन्त्र शुरु हुन्छ : बाबुराम भट्टराई


काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको सन्दर्भमा सहमति खोजेर अघि बढ्न आह्वान गरेका छन् । भट्टराईले एमसीसीमा साझा धारणा बनाउन नसके गठबन्धन भत्काउने षड्यन्त्र शुरु हुने दाबीसमेत गरे ।

समाजवादी प्रेस संगठनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीकै कारण गठबन्धन नटुटाउनका पनि शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । ‘कतिपय मुद्दाहरूमा राजनीतिक दलहरूबीच फरक धारणा हुने र त्यसलाई मिलाएर अगाडि बढ्न दलहरूको अभिभारा भएको उल्लेख गरे ।’

यो विषयलाई यो वा ऊ वहानामा तन्काउन थालेमा विस्फोटक रुप लिएर गठबन्धन भत्कने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना रहेको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया