कैलालीमा गगनको गर्जन– ओली, प्रचण्ड र नेपाल नाङ्गै हिँडिरहेका छन्


काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली सडकमा नाङ्गै हिँडेको बताएका छन्।

नेपाली कांग्रेसले गरेको देशव्यापी प्रदर्शन र सभालाई सम्बोधनका लागि कैलाली पुगेका उनले सोमबार आयोजित कार्यक्रममा भने,‘प्रधानमन्त्री ओली सडकमा नाङ्गै हिँडेका छन्, हामीले भनेको लागेन। अहिले प्रचण्ड र माधव नेपाल जसले उहाँलाई बोक्यो, उनीहरू पनि भनिरहेका छन्, उनीहरू पनि नाङ्गै छन्।’

ओली सरकार असफल भएको दाबी गरेका उनले भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा पुगे पर्याप्त हुने बताए। अहिलेको सरकार इतिहासकै नालायक भएका कारण ओली असफल भएको दाबी गरेका उनले भने,‘कोरोना महामारीका बेला समस्यामा परेका कृषकदेखि युवासम्मका संकट सम्बोधन गर्नमा सरकार चुकेको छ।’

प्रतिक्रिया