

मैले भनेकै थिएँ नि कम्युनिस्टले जिते रुन पाइँदैनः देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार गैर जिम्मेवार हुँदा लोकतन्त्रको रक्षाका लागि पार्टी सडकमा आउनुपरेको बताएका छन्।
सोमबार मकवानपुरमा भएको विरोध सभालाई सम्बोधन गरेका देउवाले सरकार अधिनायकवादी र सर्वसत्तावादी सोचमा अगाडि बढिसकेको बताए।
देउवाले चुनावका बेला आफूले दिएको अभिव्यक्ति स्मरण गर्दै भने,‘मैले भनेकै थिएँ नि कम्युनिस्टले जिते रुपन पाइँदैन भने, देख्नुभयो होला होइन?’
अहिलेको सरकार पूरा असफल भइसकेको बताएका उनले भ्रष्टाचार नियन्त्रणदेखि अपराध नियन्त्रणसम्म पनि असफल भएको बताए।

