३५९५ मत गन्दा यस्तो आयो सम्भावित ३५ केन्द्रीय सदस्यको सूची (मतसहित)


काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यतको मतगणना जारी रहेको छ ।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको खुल्ला केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको हो ।

कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म ३ हजार ५ सय ९५ मत गनिएको छ । जसमा सबैभन्दा बढी मत ल्याएर पहिलो नम्बरमा शंशाक कोइराला रहेका छन् । कोइरालले २ हजार ९४० मत प्राप्त गरेका छन् ।

यस्तै,, दोस्रोमा एनपी साउद २ हजार २६१ मत, तेस्रो बालकृष्ण खाँण २,२०७ मत, चौथोमा उदय शमशेर राणा २,१६७ मत, पाँचौ रामहरि खतिवडा २,१४७ मत, छेटौ रमेश लेखक २,१३१ , सातौंमा ज्ञानेन्द्र कार्कीले २,१२७ मत ल्याएका छन् ।

यसैगरी, आठौंमा शंकर भण्डारी २,११२ मत, नवौंमा जिप छिरिङ लामा २ हजार ३५ मत र दशौमा अर्जुन नरसिंह केसी रहेका छन् । केसीले २ हजार ३५ मत ल्याएका छन्।

 

प्रतिक्रिया