टोखामा मतदाता नामावली सङ्कलन कार्य सुरु


काठमाडौं – टोखा नगरपालिकामा मतदाता नामावली कार्य सुरु भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको नगरपालिकामा आगामी स्थानीय, प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर राख्दै मतदाता नामावली कार्य सुरु गरिएको हो ।

आजदेखि सुरु भएको मतदाता नामावली सङ्कलन कार्य यही पुस १८ गतेसम्म चल्नेछ । नगरपालिकाका प्रमुख शिक्षा अधिकृत बाबुराम गौतमले नगरपालिकाभित्रका नागरिकता लिएका व्यक्तिलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन कार्य सुरु गरिएको जानकारी दिए ।

‘टोखामा स्थायी ठेगाना भएका र बसाइसराइ गरेर आएका व्यक्तिलाई नागरिकता हेरेर मतदाता नामावलीमा समेट्छौँ’, उनले भने । नगरपालिकाको कार्यालयमा मात्र मतदाता नामावली सङ्कलन गर्ने जनाइएको छ ।

प्रतिक्रिया