लालपूर्जा माग्दै बाँदरझुलाबासीद्वारा काठमाडौंमा प्रदर्शन


काठमाडौं – चितवन माडीका स्थानीयहरुले आफूले भोगचलन गर्दै आएको जमिनको लालपूर्जा दिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।

माडी नगरपालिकास्थित बाँदरझुलाका सुकुम्बासी समुदायले काठमाडौंमा आन्दोलन सुरु गरेका हुन्।

आइतबार बाँदरझुला संघर्ष समितिले काठमाडौंको माइतीघरमा लालपूर्जा प्राप्तिको लागि आन्दोलन सुरु गरेका हुन्।

बाँदरझुला संघर्ष समितिकी संयोजक शारदा आचार्यले चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाले ज्यादती गरेको र न्यायको लागि काठमाडौं केन्द्रित आन्दोलन गर्नु परेको बताइन्।

काठमाडौंमा आएर आफ्नो जग्गाको लालपुर्जा प्राप्तिका लागि आन्दोलन गर्नु पर्ने बाध्यता भएको उनले बताइन्। नगरपालिका तथा निकुञ्जमा लालपुर्जाको माग गर्दै पटक-पटक आन्दोलन गरे पनि माग पूरा नभएको उनको भनाइ थियो।

सुकुम्बासी जनताको अधिकार माथि नै राजनीति भएको भन्दै लालपुर्जा प्राप्तिको लागि निरन्तर आन्दोलन जारी राख्ने उनको भनाइ थियो।

उनले आफ्ना माग पूरा गराउनका लागि अदालतमा मुद्दा हालेरमात्र चितवन फर्किने बताइन्।

प्रतिक्रिया