पुर्पक्षका लागि कारागारमा रहेका एक बन्दीको मृत्यु


सप्तरी – सप्तरीस्थित् कारागारमा एक बन्दीको मृत्यु भएको छ । राजविराज कारागारमा शुक्रबार ५८ वर्षीय उद्दवप्रसाद खतिवडाको मृत्यु भएको हो ।

बिहान ८ बजेतिर पेट दुखेपछि उनलाई उपचारको लागि एक निजी क्लिनिकमा लगिएको थियो । क्लिनिकमा उपचार गर्दागर्दै बेहास भएपछि थप उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कागजात किर्ते गरी ठगी सम्बन्धि मुद्दामा २०७५ साउन १७ गतेदेखि पुर्पक्षका लागि कारागारमा थिए ।

प्रतिक्रिया