बागलुङ नगरप्रमुखलाई कोरोना संक्रमण


बागलुङ- बागलुङ नगरपालिका नगरप्रमुखलाई कोरोना संक्रमण देखिएको छ । पोखरामा गरिएको कोरोना परिक्षणमा बागलुङ नगरपालिकाका मेयर सहित तीन जनामा कोरोना पोजेटिभ देखिएको जनाइएको छ ।

नगरप्रमुख जनकराज पौडेल सहित अन्य तीन जनाको पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । कोेरोना संक्रमण पुष्टी हुनेमा बानपा—२ का ५२ र ३३ वर्षीय पुरुष तथा बानपा—३ का ७३ वर्षका पुरुष रहेका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको विज्ञप्तीमा ५ जना उल्लेख भए पनि २ जना आईसोलेसनमा भएकाहरु छन् । आईतबार रिपोर्ट आएकामध्ये दुई जना शंका लागेपछि अस्पतालमा जँचाउन गएकाहरु छन् ।

प्रतिक्रिया