शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवालाई


काठमाडौं – नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए ।

‘अहिले हामी सबै साथीभाइ सँगै छौं । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ । त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले भने । उनले सभापतिको निर्वाचनमा २२ मत प्राप्त गरेका थिए । देउवालाई सभापतिमा जित्न मात्र ८३ मत आवश्यक छ ।

प्रतिक्रिया