

हृदयेश त्रिपाठीले खोले नयाँ पार्टी

काठमाडौं – सांसद हृदेयेश ज्ञिपाठीले नयाँ पार्टी घोषणा गरेका छन्। मंगलबार राजधानीमा एक कार्यक्रमका बीच त्रिपाठीले जनता प्रगतिशील पार्टी, नेपाल घोषणा गरेका हुन्।
तत्कालिन राष्ट्रिय जनता पार्टीबाट अलग्गिएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी सो पार्टीमा संयोजक रहेका छन्। गत निर्वाचनमा त्रिपाठीलगायत नेताहरुले नेकपा एमालेको चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लडेका थिए।
प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन्।
तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रहेका त्रिपाठी सदभावना पार्टीबाट राजनीतिमा सक्रिय थिए। राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, महेन्द्र यादव नेतृत्वको छुटाछुटै दलहरुका बीचमा पार्टी एकीकरण भएर राजपा घोषणा भएपछि त्रिपाठीको मर्यादाक्रम मिलेको थिएन्।
त्रिपाठी भन्दा जुनियर नेताको मर्यादाक्रम माथि र उनको तलभएकोमा उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। मर्यादाक्रमका साथै अन्य धेरै बिषयमा असन्तुष्ट त्रिपाठी स्वतन्त्र राजनीतिक समूह गठन गर्न बाध्य भएका थिए।

