हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्दै


काठमाडौं – पूर्वमन्त्री एवं सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन्। पार्टीको नाम ‘जनता प्रगतिशील पार्टी नेपाल’ राख्ने त्रिपाठीले बताएका छन्।

मंसिर २८ गते काठमाडौंमा एक कार्यक्रमका बीचमा नयाँ पार्टीको घोषणा गरिने त्रिपाठीले बताए। नयाँ पार्टीमा विभिन्न पार्टीबाट असन्तुष्ट नेताहरु समेत सहभागि हुने उनले बताए।

जनता प्रगतिशील पार्टी नेपालको अध्यक्ष त्रिपाठी आफै हुने र अन्य पदाधिकारी तथा सदस्यको बारेमा आन्तरिक गृहकार्य जारी रहेको उनले बताए।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए। प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन्।

तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता रहेका त्रिपाठी सदभावना पार्टीबाट राजनीतिमा सक्रिय थिए। राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, महेन्द्र यादव नेतृत्वको छुटाछुटै दलहरुका बीचमा पार्टी एकीकरण भएर राजपा घोषणा भएपछि त्रिपाठीको मर्यादाक्रम मिलेको थिएन्।

त्रिपाठी भन्दा जुनियर नेताको मर्यादाक्रम माथि र उनको तलभएकोमा उनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। मर्यादाक्रमका साथै अन्य धेरै बिषयमा असन्तुष्ट त्रिपाठी स्वतन्त्र राजनीतिक समूह गठन गर्न बाध्य भएका थिए।

प्रतिक्रिया