मतान्तर बढाउँदै देउवा, देउवाको १०५१, कोइराला ७९३


काठमाडौं – कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् । अहिलेसम्म देउवाले १०५१ मत प्राप्त गर्दा शेखर कोइरालाले भने  ७९३ मत प्राप्त गरेका छन् ।

प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० मत प्राप्त गरेका छन् ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

प्रतिक्रिया