कांग्रेस महाधिवेशन: मतदानका लागि राति ९ बजेसम्म समय थप


काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय थप गरिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिकाअनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाइमा भएको ढिलाइका कारण झण्डै चार घण्टापछि मात्र शुरु भएकाले मतदानको समय थप गरिएको हो ।

निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

कांग्रेस १४ औं महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेका छन् । साँझ ५ बजेसम्म दुई हजारभन्दा बढी मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया