कांग्रेस महाधिवेशनः ३ बजेसम्म ७०० मत खस्यो


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सोमबार भएको निर्वाचनमा दिउँसो ३ बजेसम्म ७०० सय मत खसेको जनाइएको छ ।

मतदान निर्धारित समयभन्दा साढे तीन घन्टा ढिलो गरि सुरू भएको थियो । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ।

महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन्। एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घन्टा लाग्ने गरेको छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लागेको हो।

मतदान सुरू भएको करिब १० घन्टामा मतदान सकिने निर्वाचन समितिको अनुमान छ। मतदान सकिएपछि सभापति पदका लागि भने गणना सुरू हुनेछ।

मतदान सम्पन्न भएपछि अन्य पदका मतबाकस पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर शिलबन्दी गरेर राख्ने तयारी छ।

सभापति पदको अन्तिम मतपरिणाम आइसकेपछिमात्र अन्य पदको मतगणना सुरु गरिनेछ ।

प्रतिक्रिया